काठमाडौँ – एनआइसी एशिया बैँकले सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको ‘लोन बेनिफिट क्याल्कुलेटर’ बाट हेर्न सकिने व्यवस्था गरेको छ ।


ADVERTISEMENT


सेवाग्राहीहरूले यस बैंकको वेबसाइट www.nicasiabank.com मा गएर ‘लोन बेनिफिट क्याल्कुलेटर’ मा गई वर्तमान अवस्थामा आफुले उपभोग गदै आएको कर्जाको तुलना यस बैंकले ल्याएको सुपर चमत्कारिक कर्जाहरूसँग सजिलै गर्न सक्ने बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


सो ‘लोन बेनिफिट क्याल्कुलेटर’ मा चाहिने विवरणहरू जस्तै अहिले उपभोग गरिरहेको कर्जाको रकम, ब्याजदर, अवधि आदि भरेपश्चात् सेवाग्राहीहरूले आफ्नो मासिक ब्याजदरमा बचत, किस्ता रकम तथा कुल रकममा बचत हुने रकमको विवरणका साथै त्यसको वार्षिक हिसाब समेत सरल तरिकाले थाहा पाउन सक्नुहुनेछ र आफ्नो वित्तीय भार कम गर्नका लागि यस बैंकको सुपर चमत्कारिक कर्जा सम्बन्धी उचित निर्णय लिन सकिनेछ ।

बैँकले ल्याएको वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण सुपर चमत्कारिक कर्जा योजनाहरू (सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा) मा ग्राहकको उत्साहजनक सहभागिता भइरहेको छ ।

सहज तथा सरल बैंकिङ्गको अभ्यासमा जोड दिँदै आएको बैंकको वेबसाइटमार्फत सेवाग्राहीहरू आफुले प्राप्त गर्न सक्ने कर्जा योग्यता जाँच्न तथा योग्य ठहरिए बमोजिम यस बैंकको वेबसाइटबाटै कर्जाको आवेदन दिन सक्ने सुविधाको व्यवस्था समेत बैंकले गरेको छ ।

बैंकले उक्त तीन किसिमकै कर्जा प्रवाह भएको एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने र सुपर चमत्कारिक घर तथा सवारी कर्जाको पूर्वस्वीकृतिको सुविधा समेत ग्राहकमाझ ल्याएको छ । बैंकले सुपर चमत्कारिक घर कर्जा अन्तर्गत फ्लेक्जिबल इएमआईमार्फत ग्राहकहरूले आफ्नो आर्थिक क्षमता अनुसारको आफुले तिर्नसक्ने इएमआई वार्षिक रुपमा आफैले निधारण गरेर भुक्तानी गर्न सक्ने नवीनतम सुविधा ल्याएको छ ।

बैंकले देशभर ३२६ शाखा कार्यालयहरू, ४६५ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।