काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण दर उच्च बनेको भन्दै बाहिरबाट आउने शंकास्पद व्यक्तिलाई अनिवार्य परीक्षण गर्न अपिल गरेको छ । परीक्षणका लागि विभिन्न १४ वटा अस्पतालसहित सबै हब अस्पताल तथा कोभिड क्लिनिक अस्पतालमा स्वाब संकलन केन्द्र स्थापना गरेको उसको भनाई छ । मन्त्रालयले काठमाडौंमा कोभिड संक्रमण बढिरहेकाले जोखिम रहेको बताउँदै शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरु र जोखिमयुक्त स्थानहरुबाट आएका व्यक्तिहरुले नजिकैको पायक पर्ने स्वाब संकलन केन्द्रमा जान आग्रह गरेको छ ।
सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्ने, घरबाहिर अत्यावश्यक अवस्थामा बाहेक ननिस्कन र भिडभाड नगर्ने, चाडपर्वहरु घरमै बसी मनाउन पनि मन्त्रालयले सवैमा अपिल गरेको छ ।