काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । जसमध्ये काठमाडौँका ४८ जना, भक्तपुरका १३ जना र ललितपुरका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ३८ जना र भक्तपुरका ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा भक्तपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । यस्तै स्टार अस्पताल सानेपामा काठमाडौँका २ जना र ललितपुरका १ जनामा कोरोना पाइएको छ । यस्तै बीआइडीएस ल्याब काठमाडौँमा काठमाडौंँका ३ जना र नेपाल कोरियामैत्री अस्पतालमा भक्तपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

हिजोको तुलनामा काठमाडौँ उपत्यकामा आज ११ जना बढी संक्रमित भेटिएका छन् । सोमबार काठमाडौँ उपत्यकामा ५१ जना संक्रमित भेटिएका थिए ।

पछिल्लो २४ घण्टामा नेपालमा २५९ जनामा कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा ६५ जना निको भएका छन् भने हालसम्म १५ हजार २६ जना उपचारपछि निको भएका छन् । आजसम्म ५८ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा १ जना पुरुषको मृत्यु भएको छ ।