काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको विराटनगर महानगरपालिका वडा नं. ५ आदर्शटोल बस्ने ७७ वर्षीय एक पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती पुरुषको साउन १९ गते (हिजो) मृत्यु भएको हो । ज्वरो, खोकी तथा श्वास प्रश्वासमा समस्या आएपछि उनलाई साउन १९ गते बिहान कोशी अस्पतालमा उपचारका लागि आएको आइशोलेसनमा भर्ना गरिएको थियो । उनी मधुमेह तथा उच्च रक्तचापका बिरामी थिए ।


ADVERTISEMENT

# # #


यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या २१ हजार ९ रहेको छ । आज मात्रै २५९ जना नयाँ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये १५ हजार २६ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ६५ जना उपचार पछि निको भएका छन् ।