लहान- नेकपा (माओवादी केन्द्र)का नेता लिलामणि पोखरेलले नेपाली जनताले हासिल गरेको उपलब्धिलाई संस्थागत गर्न आफ्नो पार्टीले जित्नै पर्ने बताएका छन् ।


ADVERTISEMENT


माओवादी केन्द्रले सिरहाको धनगढीमाई नगरपालिकामा आज आयोजना गरेको कार्यक्रममा नेता पोखरेलले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले जित हासिल गरे मुलुकमा विकास र समृद्धिले गति लिने दाबी समेत गरे ।


ADVERTISEMENT

# # #


संघीयता, धर्मनिरपेक्षता, समावेशीतालगायतका उपलब्धिका मुद्दा बोकेर गाउँगाउँमा जान नेता कार्यकर्ताहरूलाई उहाँले निर्देशन समेत दिए ।

सो अवसरमा माओवादी केन्द्रका तर्फबाट धनगढीमाई नगरपालिकाको प्रमुख पदका उम्मेदवार हरिनारायण चौधरीले आफूले चुनाव जिते धनगढीमाई नगरपालिकालाई नमुना शहरको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस