काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले कोरोना भाइरस (कोभिड–१९)का विषयमा विज्ञ तथा विपक्षी दलका नेताहरुसँग छलफल गरिरहेका छन् । चार महिना लामो लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमित पनि बढेपछि प्रधानमन्त्री ओलीलले विज्ञहरुको राय लिन छलफल आयोजना गरेका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा विज्ञसहित प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले विज्ञहरुसँग परामर्श गरेर पुनः लकडाउन गर्ने वा अहिलेको अवस्थालाई कडाई गर्न सक्ने कतिपयले आँकलन गरेका छन् ।


ADVERTISEMENT

# # #


लकडाउन लगाउनुअघि प्रधानमन्त्री ओलीले गत चैत १० मा २५ जना विज्ञसँग छलफल गरेका थिए। त्यतिबेला विज्ञको सुझावअनुसार झन्डै चार महिना लकडाउन गरिएको थियो । यसकारले गत साउन ६ गतेदेखि लकडाउन खुकुलो गर्ने निर्णय गरेको थियो ।

सरकारले काठमाडौं प्रवेशमा पनि कडाइ गर्न थालेको छ। गृह मन्त्रालयले राति ७ देखि बिहान ७ बजेसम्म अत्यावश्यकबाहेक अरूलाई काठमाडौं प्रवेशमा रोक लगाएको छ भने नाकामै कोभिड परीक्षण थालिएको छ।