इनरुवा – प्रदेश नं १ को पर्यटक ‘हव’का रूपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा लकडाउनका कारण पर्यटक आगमनमा कमी आएको छ । कोभिड-१९ नियन्त्रण गर्नका लागि सरकारले गरेको लकडाउनका कारण आरक्षमा ३३.५७ प्रतिशतले पर्यटक आगमनमा कमी आएको हो ।


ADVERTISEMENT


आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्म नेपाली, सार्क मुलुकका र विदेशी गरेर १४ हजार ७१२ पर्यटक आएका थिए भने आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा ११ हजार १४ पर्यटकले कोशीटप्पु वन्यजन्तु आरक्षको अवलोकन भ्रमण गरेको आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।


ADVERTISEMENT

# # #


आर्थिक वर्ष २०७६/७७ मा नेपाली १० हजार ८२५, सार्क मुलुकका १९ र विदेशी १७० पर्यटकले आरक्षको अवलोकन भ्रमण गरेको आरक्षका संरक्षण अधिकृत चौधरीले बताए । आरक्षमा लकडाउनका कारणले आन्तरिक तथा बाह्य पर्यटकको आगमनका कमी आएको आरक्षका संरक्षण अधिकृत चौधरीले बताए ।