काठमाडौँ — मलेसियाको राजधानी क्वालालम्पुरमा एक नेपाली सुरक्षा गार्डमाथि निर्घात कुटपटि गर्ने सुपरभाइजर नेपाली रहेको खुलेको छ । गत असार २३ गते क्वालालम्पुरस्थित एमथ्री मलमा ड्युटी गरिरहेका नवलपरासीका इस्लाम हुसेनमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।


ADVERTISEMENT


भिडियो भाइरल भएपछि मलेसियास्थित नेपाली दूतावासले चासो देखाएर अनुसन्धान थाल्दा हुसेनमाथि कुटपिट गर्ने पनि नेपाली नै रहेको खुलेको हो । पीडित ईस्लाम हुसेन नवलपरासी र पिडक राम गोपाल मुराउ कपिलबस्तुका स्थायी बासिन्दा भएको दूतावासले जनाएको छ।


ADVERTISEMENT

# # #


‘उक्त भिडियोबारेमा ३० जुलाईको मध्यरातमा राजदूतावासमा जानकारी आउनासाथ राजदूतावासले सुरक्षा गार्ड सम्बन्धी सेवा उपलब्ध गराउने कम्पनीहरुको छाता संगठन एक्ष्प्ः लाई खबर गरी सत्य तथ्य बुझ्न अनुरोध गरेको थियो। एक्ष्प्ः ले ३१ जुलाईको विहान प्रहरीमा उजुरी दर्ता गर्‍यो भने राजदूतावासले यस सम्बन्धी सूचना उपलब्ध गराउन सबैमा आह्वान गर्‍योु जारी विज्ञप्तिमा भनिएको छ, ‘दूतावासले आह्वान गरे अनुसार उक्त घटनाका पीडित र पिडक दुबै जना राजदूतावासको सम्पर्कमा आउनु भयो। दुबै जना नेपाली नागरिक भएको कुरा पुष्टि भएको छ।’

कुटपिट गर्ने रामगोपालले सोमबार प्रहरीसमक्ष स्वेच्छाले आत्मसमर्पण गरेको र प्रहरीले आवश्यक छानबिन गर्ने दूतावासले जनाएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको ४३ सेकेन्डको भिडियोमा मराऊले इस्लाममाथि सुरक्षागार्डले बोक्ने कालो रंगको मोटो लट्ठीले ७ पटक ढाड र खुट्टामा जोडले प्रहार गरेको देखिन्छ भने ६ पटक मुख र गालामा झापड लगाएको देखिन्छ ।