काठमाडौँ – बलिउड अभिनेता अमिताभ बच्चनले कोरोना भाइरस(कोभिड–१९) लाई जितेका छन् । पछिल्लो कारोना परिक्षणको नतिजा नेगेटिभ आएपछि उनी आजै अस्पतालबाट डिस्चार्ज भएको उनका छोरा अभिषेक बच्चनले ट्वीटरमार्फत जानकारी दिएका छन् ।


ADVERTISEMENT


अभिषेकले भनेका ट्वीटमा छन्, ‘मेरा बुवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उहाँलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । अब उहाँ घरमा आराम गर्नुहुनेछ । तपाईं सबैको प्रथना र शुभकामनाका लागि धन्यवाद ।’ अभिशेक स्वयम् पनि कोरोना सांग लडिरहेका छन् ।


ADVERTISEMENT

# # #


अमिताभ बच्चनमा गत असार २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अमिताभलाई कोरोना देखिएपछि मुम्बईस्थित नानाभाती अस्पतालमा भर्ना गरिएको थियो । अमिताभसँगै उनका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन, नातिनी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण भएको थियो । अमिताभबाहेक अहिले अरु सबै आइशोलेसनमा रहेका छन् ।