काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३८ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौका ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ३ जना र ललितपुरका २ जनामा कोरोना पाइएको छ । यस्तै पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौँका २ जना र ललितपुरका २ जना, वीर अस्पतालमा काठमाडौँका १ जनामा पोजेटिभ देखिएप्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

यस्तै नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा काठमाडौँका १८ जना र ललितपुरका १ जनामा कोरोना पाइएको छ । उनीहरु सुरक्षाकर्मी हुन् । यस्तै नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा भक्तपुरका १ जनामा कोरोना देखिएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा २२४ जनामा कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा १५१ जना निको भएका छन् हालसम्म १४ हजार ३९९ जना उपचारपछि निको भएका छन् । आजसम्म ५६ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा थप ४ जनाको ज्यान गएको छ ।