– कुसुम भट्टराई
राज्यमा कहिलेकाँही यस्तो अवस्था पनि आउँछ;
जब पुरै स्टेट ‘करप्ट’ भइदिन्छ, पोलिटिक्स लिगल माफीया भइदिन्छ ।
रंजनले श्रीमती मारेर पेट्रोल खन्याई जलाए, अदालतले उनको कैद मिनाहा गरिदियो ।
पहिलो पटक अदालतको चित्त सामुन्ने आयो,
कानूनले हैन, चित्तले आदेश भएछ !
अदालतको हालत यस्तो छ !
नालायक शासकको सनककै भरमा व्यवस्थापिका संसदको अधिवेशन अन्त्य गरियो,
कार्यपालिकाका हर्ताकर्ताहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् ।
मिडियामा धमला मार्का ‘पत्रकारहरु’को चौतर्फी रजगज छ ।
नागरिक समाजका बुद्धीजिवी भनाउँदाहरु यूटयूबमा चर्का कुरा गर्दै भ्यूअर्स र लाइक कति भो भन्दैमा मख्ख छन् ।
ती बुद्धीजिवी डा. भनाउँदाहरु अस्तीसम्म ओलीलाई सराप्दै, हिजोबाट तारिफ गर्दैछन् !
काँग्रेसमा मण्डलेहरुको घुसपैठ भैराख्या छ ।
नेकपाभित्रका बुढा, रुग्ण नेताहरु अझै पदकै लोभमा भैंसेपाटीदेखि खुमलटारसम्म, बालुवाटारदेखि शीतल निवाससम्मको घनचक्कर लगाइरहेका छन् ।
साझा पार्टीमा बाझाबाझ छ ।
मधेशवादी सत्ताकै जोखना हेरीरहेका छन् ।
विप्लव ब्रोको चाइचुई केही छैन ।
कोरोना कोपबाट त्राहीमाम जनता चाहिँ आज खीर खान पनि ऋण खोजीरहेका छन्,
आकाशबाट परिरहेछ झमझम पानी, यस्तै छ साथी हाम्रो देशको रामकहानी !