कैलाली – गए रातिदेखि लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।


ADVERTISEMENT


धनगढीको विशालनगर, मिलनचोक, चौराहा, उत्तरबेहरीलगायतका अधिकांश क्षेत्र जलमग्न भएका हुन् । कतिपय स्थानीयवासीका घर तथा पसलमा पानी पसेर डुबानमा परेका छन् । यस्तै वडा नं ३ का दर्जनभन्दा बढी घर तथा पसल डुबानमा परेका छन् ।


ADVERTISEMENT

# # #


पानी निकास हुने गरेका पुराना खोल्सा, कुलेसामा घर निर्माण हुने क्रममा पुरिएपछि स्थानीयवासीका घर तथा पसलभित्र पानी पस्नुका साथै मुख्य सडकसमेत जलमग्न भएको धनगढी–३ का गणेशप्रसाद भट्टले बताए । उनले भने, “उपमहानगरपालिकाका सहायक सडकमा पानीको निकास नभई डुबानमा पर्नुका साथै विभिन्न मुख्य सडकमा समेत पानी जमेर स्थानीयवासीलाई आवतजावतमा समेत समस्या भएको छ ।”

वर्षाले स्थानीयवासीका धानबाली डुबानमा परेका छन् भने खेतबारी जलमग्न भई तलाउजस्तै देखिएका छन् । त्यसैगरी धनगढीमा निर्माणाधीन अवस्थामा रहेको छ लेन सडक र अर्कोतिर रिङरोड निर्माणसँगै पानीको उचित निकासको व्यवस्थापन हुन नसकेका कारण पनि थप समस्या निम्तिएको छ । धनगढी उपमहानगरपालिका–२ दीप टोलका सुमन थापाले गए राति अत्यधिक वर्षा भएको र पानी निकासको व्यवस्था नहुँदा कतिपय स्थानीयवासीका घरभित्र पानी पसेर रातभरि जाग्राम बस्नुपरेको दुखेसो उनीहरुको छ । रासस