काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रले एक जिल्ला एक उत्पादन कार्यक्रमअन्तर्गत गरेको काम र खर्चको सक्कल विवरण मागेको छ।


ADVERTISEMENT


अख्तियारले साउन १ गते कृषि विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र टेकुलाई सम्बोधन गर्दै एक जिल्ला एक कृषि उत्पादन कार्यक्रममा भएको खर्चको विवरणको सक्कल प्रमाण पेश गर्न पत्र काटेको हो। अख्तियारले प्युठानको स्वर्गद्वारी सिड कम्पनी प्रालि, इलामको एग्री टेक प्रालि, रसुवाको रसुवागढी एग्रो फर्म धुन्चे, रौतहटको रौतहट माछा तथा दाना उद्योग प्रालिमा सञ्चालन भएका कार्यक्रम र खर्चको विवरण पेश गर्न भन्दै महासंघलाई पत्र काटेको हो।


ADVERTISEMENT

# # #


अख्तियारले उक्त ठाउँमा उद्योग सञ्चालन भए नभएको, उद्योग सञ्चालन भएपछि कस्तो अवस्थमा छरु र सुरुवातीदेखि सञ्चालन हुँदासम्मको सबै खर्चको विवरण पेश गर्न भन्दै महासंघलाई पत्र काटेको हो।