नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले हालै वास्तविक अयोध्या भारतीय सीमानजिकै रहेको नेपाली भूभाग ठोरीमा रहेको घोषणा गरे । उनले नेपालमाथि भारतले सांस्कृतिक अतिक्रमण गरेको पनि उल्लेख गरेका छन् ।


ADVERTISEMENT


प्राचीन समयमा भारतमा रहेको अयोध्याबाट नेपालको जनकपुरसम्मको दुरी निकै टाढा रहेको र वर्णन गरिएअनुसारको उक्त दुई स्थानको यात्रा गर्नु तर्कसंगत नरहेको ओलीको भनाइ थियो । केही मिडिया रिपोर्टमा नेपालको पुरातत्व विभागले अब छिट्टै नै ठोरीमा उत्खननको काम सुरु गर्न सक्ने उल्लेख गरिएको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीको पछिल्लो सम्वोधन उत्तराखण्डको ३२५ वर्गकिलोमिटरको भारतीय भूमिलाई आफ्नो नक्सामा देखाउँदै उक्त भूमि लिन सरकारले प्रयास सुरु गरेपछि आएको हो । नक्सा परिवर्तनपछि गरिएको संविधान संशोधन अहिले नेपालको लागि एक महत्वपूर्ण हतियारको रुपमा देखिएको छ । दाबी गरिएको क्षेत्र परम्परादेखि नै भारतीय यात्रीहरुले कैलाश मानसरोवर यात्राका लागि प्रयोग गर्दै आएका छन् ।

यस किसिमको आक्रोशपूर्ण नक्सा समर्थन गर्न सकिने किसिमको छैन । यसले नेपालबाट आउने औपचारिक पत्रलाई भारतले स्वीकार गर्ने सम्बन्धमा पनि समस्या उत्पन्न भएको छ, किनकी अब यस्तो पत्रमा नेपालको नयाँ नक्सासहितको निशान छाप हुनेछ । नेपालको प्रभावशाली राजनीतिक वर्गसँग संवाद बढाउने क्रममा रहेका जिम्मेवार व्यक्तिहरु पक्कै पनि रोकिएको हुनुपर्छ । अझ महत्वपूर्ण कुरा, यसले जनता–जनताबीचको सम्वन्धलाई थप घनिभूत र बलियो बनाउनेपर्ने माग गरेको छ । अर्कोतर्फ अयोध्याका विषयमा ओलीले राखेको अडानलाई भारतले औपचारिकरुपमा प्रतिक्रिया जनाएर महत्व दिनुहुँदैन ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर भारतले के गर्छ वा गर्दैन भन्ने कुरालाई अलग राख्दा ओलीको रणनीतिमाथि विमर्श आवश्यक छ,– के उनी नेपालको आफ्नै हितका लागि काम गरिरहेका छन् रु उनको कदमले एकजना एक्लिएको, थकित र सत्तामा रहिरहने लालसाबाट ग्रस्त नेतालाई प्रतिबिम्बत गर्छ । सन् २०१७ मा भएको निर्वाचनमा बहुमत हासिल गरेर नेकपाको नेतृत्व गरेसँगै उनले विभिन्न दवाबको सामना गर्दै आएका छन् । आफ्नै पार्टीभित्र उनले शक्ति साझेदारीको सम्झौता पालना गर्नुपर्ने आवाज उठेको छ । साथै पार्टीभन्दा बाहिर पनि उनले कोरोना भाइरस महामारी नियन्त्रणको लागि आवश्यक कदम चाल्न नसकेकोमा सार्वजनिक आलोचनाको सामना गर्दै आएका छन् ।

आफ्नो कुर्सी बचाउन ओलीले उग्रराष्ट्रवादी नीति अवलम्बन गरेका छन् । जसका लागि उनले अहिले राम नेपालको हो भनेर देखाउन खोजिरहेका छन् । (बुद्धपछि, जसलाई नेपालीले नेपालमा जन्मेको हो भनेर लगातार तपाईंलाई सम्झाउँदै आएका छन् ।)

उनी चीनबाट प्रेरित भएका हुन सक्छन् । चिनियाँ राजदूतको काठमाडौंको राजनीतिक वृत्तमा पछिल्लो समय दौडधूप पनि देखिँदै आएको छ । यद्यपि ओलीको कदम प्रभावहीन छ र यो कदम नेपालको लागि निकै जोखिमपूर्ण साबित हुन सक्छ ।

नेपाली नेताहरुको लागि भारतविरोधी नारा घन्काउनु एक महत्वपूर्ण रणनीति रहँदै आएको छ । नेपालमा हिन्दूको जनसंख्याको हिस्सा भारतमा भन्दा बढी भए पनि नेपाललाई हिन्दूको मूल भएको देखाउन विगतमा भएका प्रयास असफल देखिँदै आएका छन् । सन् २००९ मा ओलीका प्रतिस्पर्धी, त्यतिबेलाका माओवादी क्रान्तिका नेता प्रचण्डले पनि पशुपति मन्दिरको पुजारीमा भारतीयको सट्टामा नेपाली पुजारी राख्ने प्रयास गरेका थिए ।

अयोध्याको विषयमा नेपालको राजनीतिक परिवृत्तमा रहेका आफ्नै पार्टीका नेताहरुले पनि ओलीको बनावटी अभिव्यक्तिको आलोचना गरिरहेका छन् र मानिसहरुले आन्दोलन पनि गरिरहेका छन् । विदेश मन्त्रालय यस विषयमा विज्ञप्ति निकाल्न बाध्य भयो र ओलीको अभिव्यक्तिको अर्थ अयोध्याको गरिमा र यसको सांस्कृतिक महत्वको अवमूल्यन गर्नु नरहेको बतायो ।

मूर्तिपुजा गर्ने धार्मिक राष्ट्रवादको यो रणनीति प्रभावहीन मात्र नभई नेपालका लागि निकै खतरानक पनि छ । नेपालको जीडीपीको करिब ३० प्रतिशत रेमिट्यान्सबाट आउने गर्छ । साथै यो मुलुक आफ्ना विदेशमा काम गर्न गएका कामदारहरुमा सबैभन्दा धेरै आश्रित मुलुक हो । कोभिड–१९ ले यसरी आउने रेमिट्यान्समा उल्लेख्य मात्रामा कमी आउन सक्छ र ठूलो संख्यामा मानिसहरु नेपाल फर्किनेछन् । यो अवस्थामा भारतले नेपालीलाई खुला पहुँच दिँदै आएको छ । जसमा उनीहरुलाई भारतमा आएर काम गर्ने अधिकार पनि रहेको छ । यो नेपालको लागि केही मात्रामा आर्थिक राहत हुन सक्छ । त्यसैले यो समय नेपालका लागि भारतसँग कूटनीतिक तडक–भडक देखाउने र मानिस–मानिसबीचको सम्बन्ध भड्काउने समय होइन ।

प्रधानमन्त्री ओलीले अहिले चालेका कदमले भारतीयहरुलाई भड्काउन पनि सहयोग पु¥याउने छ । नेपालमा भारतविरोधी राष्ट्रवादी मिडिया हावी रहँदै आएका छन् । तर, भारतमा भने नेपाललाई पहिल्यैदेखि मित्रराष्ट्रका रुपमा हेरिँदै आएको थियो । तर, यस किसिमको परिवर्तनले गर्दा भारतीय टेलिभिजन कार्यक्रम प्रस्तोताहरु ‘नेपालः दोस्त या दुश्मन’ भन्नेजस्ता शीर्षक राखेर दर्शकहरु तान्न थालेका छन् ।

नेपालका राजनीतिक नेताहरुले नेपालको सबैभन्दा शक्तिशाली मित्रराष्ट्रसँग उत्पन्न हुन सक्ने ठूलो राजनीतिक संकटको मनन गर्नु जरुरी देखिएको छ ।

(मन्जीवसिंह पुरी नेपालका लागि पूर्व भारतीय राजदूत हुन् ।)

स्रोत : इन्डिया टुडे