काठमाडौं – भारतमा आइतबार ४८ हजार ६६१ कोरोना संक्रमित थपिएका छन् । अयअघि शनिबार ४८ हजार ९१६ संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।


ADVERTISEMENT


शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै ४९ हजार ३१० कोरोना संक्रमित थपिएका थिए । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १३ लाख ८५ हजार ५२२ पुगेको छ ।


ADVERTISEMENT

# # #


विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ३२ हजार ६३ पुगेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ । लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको हो । भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे संख्यामा तेस्रो स्थानमा छ ।