काठमाडौं । सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ८२ पुगेको छ । हिजो १७ जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार ८२ पुगेको हो । हालसम्म दुई हजार सात सय ५१ जना डिस्चार्ज भएका छन् । संक्रमितमा सबैभन्दा बढी कैलालीका मात्रै एक हजार ७५ जना छन् ।


ADVERTISEMENT


यस्तै अछाममा ६५१, बैतडीमा ३०३, बझाङमा १७१, बाजुरामा ४४९, डडेलधुरामा २९५ दार्चुलामा २०, डोटीमा ६०५ र कञ्‍चनपुरमा ५१३ जनामा संक्रमण देखिएको छ । प्रदेशभर ४ हजार ६ सय ९६ जना अझै क्‍वारेन्टिनमै रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #