काठमाडौं – जल तथा मौसम विज्ञान विभागले मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रका  नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने तथा पहिरो जाने भएकाले सतर्क रहन आग्रह गरेको छ ।


ADVERTISEMENT


भारी वर्षाको सम्भावना भएका क्षेत्रमा सडक तथा हवाई यातायात प्रभावित हुने र ढल तथा पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले भनेको छ ।


ADVERTISEMENT

# # #


आज दिउँसो बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।