काठमाडौं – गरिमा विकास बैंकले अनलाइन माध्यमबाट खाता खोल्न सक्ने गरी नयाँ व्यवस्था सूरु गरेको छ । अब संसारको जुनसुकै स्थानबाट पनि अनलाइन माध्यमद्वारा गरिमा विकास बैंकमा खाता खोल्न सकिनेछ ।


ADVERTISEMENT


विदेशमा रहने सेवाग्राहीले आफै खाता खोली आफ्नै खातामा जम्मा हुनेगरी रकम पठाउन सकिने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले बताए ।


ADVERTISEMENT

# # #


गरिमा विकास बैंकको वेवसाइटमा गएर अनलाइन एकाउन्ट ओपनिङमा गइ उपयुक्त खाताको प्रकार छनौट गरी अनुरोध बमोजिम आफ्नो विवरण भरी आवश्यक कागजातहरु अपलोड गरेपछि सजिलै आफैले आफ्नो खाता खोल्न सकिने बैंकले जनाएको छ ।

लाजिम्पाट, काठमाण्डौंमा प्रधान कार्यालय रहेको गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९१ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै छ ।