गौशाला– आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि महोत्तरी जिल्लाका राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका एक सदस्यले सो पार्टी परित्याग गरेका छन् ।


ADVERTISEMENT


राजपा महोत्तरी जिल्ला अध्यक्ष मण्डलमा तराई मधेश सद्भावना पार्टी (महेन्द्र राय) तर्फबाट जिल्ला अध्यक्षका रुपमा रहेका नरेन्द्र यादवलाई राजपाले टिकट नदिएपछि उनले सो पार्टी परित्याग गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले पार्टी परित्याग गरेलगत्तै नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् भने गएराति माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ महोत्तरीको औरही नगरपालिकामा पुगेर उनलाई पार्टी प्रवेश गराएका छन् ।

साथै, गएराति नै औरहीमा एक सभाको आयोजना गर्दै नेता बादलले उनलाई औरही नगरपालिकाको उम्मेदवार बनाउँदै पार्टीका तर्फबाट प्रमुख पदका लागि टिकटसमेत दिएका थिए । रासस