खोटाङ । सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत खोटाङ जिल्लाका २ हजार ३ सय ८८ घरधुरीमा खर वा फुसको छाना बिस्थापित गरी जस्तापाता लगाइने भएको छ ।
अति बिपन्न, असहाय , असक्त , बृद्धबृद्धा, अनाथ बालबालिका, एकल महिला बसोबास गरेका घरलाइ प्राथमिकता दिइने र तीनवर्षभित्र जिल्लाका सबै घरवाट खर वा फुसको छाना हटाएर जस्तापाता लगाइने साँसद विशाल भट्टराईले जानकारी दिए ।
सांसद भट्टराईले खोटाङका सम्पूर्ण जनताको तर्फबाट नेपाल सरकार , बिशेष सहरी बिकासमन्त्री मा। बसन्त नेम्बाङज्यु प्रति आभार समेत ब्यक्त गरेका छन् ।


ADVERTISEMENT