अमेरिकाको एटलान्टाबाट पर्यटन दुत तथा सामाजिक अभियन्ता राजा घले र डा. रामु खरेलको नेतृत्वमा समाजसेवी दीक्षा चापागाईले सञ्चालन गरिरहेको काठमाडौँको पबित्र समाज सेवालाई
आर्थिक सहयोगको पहल सुरूभएको छ । कोरोना भाईरसले सबै क्षेत्रलाई असर पूर्याईरहेका बेला अनाथ असहाय तथा बिपन्न बर्ग झन बढी समस्यामा पर्ने खतराका कारण सामाजिक क्षेत्रमा भूमिका निर्बाह गरिरहेका संस्थाहरूलाई सहयोग जुटाउन अभियान अघि बढाईएको बताईएको छ ।


ADVERTISEMENT


“हामी जतिसुकै बिकसित राष्ट्रमा बसेपनि सबैभन्दा पहिले आफ्नै मातृभूमिको याद आँउछ अनि सँधै परिआएकोबेला केही न केहि गरौ र गर्नुपर्छ भन्ने सोच आईरहन्छ, महामारीले विश्वनै आक्रान्त बनिरहेको बेला नेपालमा समाजसेवाका लागि उदाहरणीय कर्मलाई हाम्रो सहयोग होू घलेले भने “भाईरससँग लड्न र जित्नको लागि संसारका प्रत्येक नागरिकले ऐक्यवद्धता जनाउदै “हामीनै संसार हौू भन्ने बोध गरेर मानवताको लागि आ-आफ्नो क्षेत्रबाट उठ्नुपर्छ अनि केहि न केहि योगदान दिनुपर्छ भन्ने पाठ हो यो ।”अभियानमा घले, डा. खरेल लगायत डा.प्रह्लाद पन्त, दिलिप बानिया लगायत जोडिएका छन् ।


ADVERTISEMENT

# # #


“युनिसेफको अनुसन्धान अनुसार अबको छ महिनामा नेपालमा चार हजार भन्दा बढी बच्चाहरु भोकमरिबाट मर्ने खतरा छू घलेले भने “हामी गैरआवासीय नेपालीहरु जो जहाँ रहे पनि सहयोगको महान कर्ममा जोडिन सक्छौं र अनाथ असहायहरूको दुखको साथी बन्न सक्छौं, यो हाम्रो मातृभूमि प्रतिको दायित्व पुरा गर्ने अवसर समेत हो ।”