काठमाडौं – पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ०६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल ६६९५ जना सक्रिय संक्रमित रहेका छन् । पछिले २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा ४ हजार ३६१ जनाको पीसीआर टेस्ट भएको छ ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ३८ जनाको मृत्यु भएको छ । हालसम्म १० हजार ३२८ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । उनका अनुसार यो कुल संक्रमितको ६०.५३ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा ३४ जना निको भएका छन् ।