काठमाडौं – पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ८ हजार २३९ रहेको छ ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ३८जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । हालसम्म ८४४२ जना निको भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् । उनका अनुसार पछिल्लो २४ घण्टामा ४३१ जना डिस्चार्ज भएका छन् ।