रुकुम पश्चिम –  पहिरोले घर पुर्दा आमाछोराको मृत्यु भएको छ ।  आज बिहान ६ बजेतिर खसेको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका ३ रेझेखोलाका तुलवहादुर दमाइको एक तले घर पुर्दा उनकी श्रीमती २८ वर्षिया सीता दमाई र छोरा ६ वर्षिय हाविलको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो ।


ADVERTISEMENT


उनकी छोरी आठ वर्षिया हिरा सामान्य घाइते भएकी छन् । तुलबहादुर भने कामको शिलशिलामा नगरपालिकामै पर्ने गोतामकोट गएका थिए ।


ADVERTISEMENT

# # #