रौतहट – लगातारको बर्षापछिको बाढीले पूर्वपश्चिम राजमार्गको रौतहट खण्ड अवरुद्ध भएको छ । चन्द्रपुर–२ स्थित पूर्वपश्चिम राजमार्गको लच्का खण्डमा बाढी आएपछि आज बिहानै देखि यातायात अवरुद्ध भएको हो ।


ADVERTISEMENT


ईलाका प्रहरी चन्द्रपुर जिल्ला ट्राफिक र सशस्त्र प्रहरीले ठुला गाडीलाई पालैपालो गरि पास गराउन थालेको छ । साना सवारी भने जान सक्ने अवस्था छैन् । त्यस क्षेत्रमा गाडीको लाईन लागेको छ । लच्कामा बाढीका कारण झण्डै ३ सयको हाराहारीमा मालबाहक ट्रक, साना जिप, कार, मोटरसाईकल र एम्बुलेन्स रोकिएका छन् ।


ADVERTISEMENT

# # #