काठमाडौं – पछिल्लो २४ घण्टामा पनि विश्वभर दुई लाख १२ हजार ६ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । यो एकै दिन पुष्टि भएको भएको अहिलेसम्मकै ठूलो संख्या हो ।


ADVERTISEMENT


 

सबैभन्दा धेरै अमेरिकामा ६१ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहा संक्रमित हुनेहरुको संख्या ३० लाख नाघेको छ । अमेरिकामा कोरोना संक्रमणबाट १ लाख ३२ हजार १ सय ९५ जनाको मृत्यु भइसकेको छ ।


ADVERTISEMENT

# # #


 

ब्राजिलमा ४१ हजार पाँच सय ४१ जना संक्रमित एकै दिन थपिएका छन् । एक हजार एक सय ८१ जनाको संक्रमणको कारण मृत्यु भएको छ । ब्राजिलमा १७ लाख १३ हजार भन्दा बढी संक्रमित भएका छन् । ६७ हजार ९ सय भन्दा धेरैको मृत्यु भएको छ ।

 

भारतमा कोरोना भाइरसको संक्रमण उच्च बिन्दूमा पुगेको छ । पछिल्लो २४ घण्टामा २५ हजार ५ सय ७१ जना संक्रमित थपिएका छन् । कुल संक्रमित ७ लाख ६९ हजार ५२ पुगेका छन् । ४ सय ९१ जना मृतक थपिएसँगै ज्यान गुमाउनेको संख्या २१ हजार १ सय ४४ पुगेका छन् ।

 

रुसमा ६ हजार ५ सय ६२ जना संक्रमित थपिँदा १ सय ७३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ६ हजार २ सय ५८, पेरुमा तीन हजार ६ सय ३३, चिलिमा दुई हजार ६४ र पाकिस्तानमा दुई हजार ९ सय ८० जना संक्रमित थपिएका छन् ।