काठमाडौं –  करिब १२ हजार नेपाली कार्यरत यूएईको एउटा कम्पनीमा २ हजार ५ सयभन्दा बढीले रोजगारी गुमाएका छन् । यूएईको ट्रान्सगार्ड ग्रुप नामको आउटसोर्सिङ कम्पनीमार्फत काम गर्दै आएका २ हजार ५ सय नेपालीले कोरोना महामारीले उत्पन्न संकटका कारण रोजगारी गुमाउनु परेको बताइएको छ ।


ADVERTISEMENT


 

कम्पनीले एकैपटक उनीहरुको श्रम सम्झौता अन्त्य गरेपछि नेपालीले रोजगारी गुमाउने अवस्था आएको हो । रोजगारी गुमाएका कामदारहरुले युएईस्थित नेपाली दूतावासमा आफ्ना समस्या जानकारी गराएको बताइएको छ । कम्पनीले आफ्नै खर्चमा श्रमिकलाई नेपाल पठाउने प्रस्ताव गरेको भन्दै दूतावासले परराष्ट्र मन्त्रालयमा जानकारी पठाएको बताइएको छ । रोजगारी गुमाएका उनीहरुलाई खान बस्न कम्पनीले दिएपनि घर फर्किन नपाउँदा समस्या हुने नेपालीहरुको भनाइ छ ।


ADVERTISEMENT

# # #