सरकारले आज पनि ५ वर्ष मूनीका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । यसअघि हिजो पनि मुलुकभर खटिएका स्वास्थ्य स्वर्यसेविकाहरुले बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाएका थिए ।


ADVERTISEMENT


यसअघि गत बैशाख ६ र ७ गतेका लागि तय गरिएको भिटामिन ए खुवाउने कार्यक्रम लकडाउनका कारण स्थगित भएपछि हिजो र आजका लागि सञ्चालन गरिएको हो । यो अवधीमा सरकारले ३० लाख हाराहारीमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने लक्ष्य लिएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #