काठमाडौँ — कोभिड–१९ का कारण दक्षिण एसियाका मानिसको जनजीवनमा  खाद्यसंकट आउने दाबी गरिएको छ । एक अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाले गरेको अध्ययनमा दक्षिण एसियाका १ अर्ब ७० करोड मानिसमा खाद्यान्न, स्वास्थ्य तथा पोषणको समस्या हुने उल्लेख छ ।


ADVERTISEMENT


इन्टरनेसनल फुड पोलिसी ग्लोबल रिसर्च इन्स्टिच्युट (आईएपीआरआई) ले सोमबार सार्वजनिक गरेको प्रतिवेदमा उक्त क्षेत्र खाद्यान्न र पोषणका हिसाबले असुरक्षित रहेको जनाइएको छ ।


ADVERTISEMENT

# # #


आईएपीआरआई दक्षिण एसियालगायत विभिन्न संस्थाले सोमबर गरेको भर्चुअल कार्यक्रममा जानकारहरुले कोभिड–१९ का कारण दक्षिण एसियाली खाद्यान्न प्रणालीमा परेको प्रभावबारे चर्चा गरेका हुन् । दक्षिण एसिया क्षेत्रको खाद्यान्न प्रणाली हेरफेर गरी समावेशी, दिगो र लचिलो बनाउनुपर्ने उनीहरुको भनाइ छ ।