मकवानपुर- मकवानपुरको मनहरी–७ बिजौनामा कारको ठक्करबाट एकजनाको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–नारायणगढ सडकखण्ड अन्तर्गत मनहरी बिजौनामा कारको ठक्करबाट ५० वर्षीय पुरुषको ज्यान गएको हो । 
    
ज्यान गुमाउनेको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । कारको ठक्करबाट घाइते भएका पुरुषको उपचारका क्रममा चुरेहिल हस्पिटल हेटौंडामा ज्यान गएको हो ।
ठक्कर दिने बा २१ च ६६४२ नम्बरको कार चालकलाई पक्राउ गरिएको पनि रानाले जानकारी दिनुभयो ।