काठमाडौँ – एनएमबी बैंक लिमिटेडको आज सम्पन्न विशेष साधारणसभाले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ ।


ADVERTISEMENT


कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडको सम्पत्ति र दायित्वको मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाका आधारमा निर्धारण गरिएको शेयर मूल्य अनुपात १००ः ८५ लाई विशेष साधारण सभाले स्वीकृत गरेको छ ।


ADVERTISEMENT

# # #


अब कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीले उक्त बैंकका १०० कित्ता बराबर एनएमबी बैंक लिमिटेडका ८५ कित्ता शेयर प्राप्त गर्नेछन् । सुदूरपश्चिम क्षेत्रमा बलियो उपस्थिति बनाएको बैंक प्राप्तिपछि एनएमबी बैंकको चुक्ता पुँजी रु। १४ अर्ब ४५ करोड पुग्नेछ भने रिजर्भ रु सात अर्ब पाँच करोड पुग्नेछ ।

कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न सहज भएको र त्यसबाट ग्रामीण तथा शहरोन्मूख क्षेत्रमा दिगो वित्तीय सेवा उपलब्ध गराउन मद्दत पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले राससलाई बताए ।