रुकुम पश्चिम- रुकुम पश्चिमको चौरजहारी अस्पतालले २ चिकित्सकसहित ७ जनालाई क्वारेन्टिनमा राखेको छ । सोही अस्पतालका एक कर्मचारी र उपचार गराएका एक व्यक्तिलाई कोहलपुरमा कोरोना पुष्टि भएपछि २ डाक्टर, ४ जना स्वास्थ्यकर्मी र १ जना सहयोगीलाई क्वारेन्टिनमा राखिएको हो ।


ADVERTISEMENT


सानीभेरी गाउँपालिका–१, का ८२ वर्षीय पुरुष ११ दिन अघि चौरजहारी अस्पतालबाट डिस्चार्ज भएका थिए । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत रहेका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनी नेपालगञ्जमा छन् । यसपछि अस्पतालमा सतर्कता अपनाइएको छ ।


ADVERTISEMENT

# # #