काठमाडौँ – सरकारले कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षणको जिम्मा निजी अस्पताललाई पनि दिने भएको छ ।


ADVERTISEMENT


बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सम्बन्धित निकायका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ  दिने क्रममा प्रधानमन्त्री ओलीले पीसीआर परीक्षणको जिम्मा निजी अस्पताललाई समेत दिइने संकेत गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रयोगशालाको अभावमा स्वाब संकलन रोकिरहेका बेला आज बस्ने मन्त्रीपरिषद् बैठकले त्यस्तो निर्णय गर्न सक्ने उनले बताए । यस्तै उनले लकडाउन खुकुलो पोर्ने, बन्द रहेका शैक्षिक संस्था र स्थगित भएका परीक्षाहरुको बारेमा पनि आजको मन्त्रीपरिषद् बैठकले केही महत्वपूर्ण निर्णय गर्न लागेको जानकारी दिए ।

‘निजी प्रयोगशालाहरुलाई पीसीआर परीक्षण गर्न नदिएको भन्ने कुरा छ, त्यससम्बन्धमा हामी आजै यो संसद बैठकपछि बस्ने मन्त्रीपरिषद्को बैठकले केही महत्वपूर्ण निर्णय गर्दैछ ।’ उनले भने, ‘लकडाउनकै सहलीकरणका विषयमा वा जनतालाई असुविधा नपरोस् भन्ने सम्बन्धमा अथवा शिक्षा क्षेत्रका विद्यार्थीहरुले, कलिला बालबालिकाहरुले वा युवाहरुले झ्ल्नु परेका समस्याको समाधान कसरी गर्न सकिन्छ लगायतका सन्दर्भमा यसपछि (संसद बैठकपछि) बस्ने मन्त्रीपरिषद् बैठकले गर्दैछ ।’

सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि भन्दै गत चैत्र ११ गतेदेखि लकडाउन गरेको छ ।