काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैकले तनहुँ हाइड्रोपावरकाे ठेकेदार कम्पनी को-अपरेटिभ मुराटोरी ई केमेन्टिस्टी (सीएमसी) काे काउन्टर ग्यारेन्टी मुद्दा जितेकाे छ । बैंकले २ खर्ब १० अर्बकाे मुद्दा जितेकाे बैंकका प्रमुख कार्यकारी अधिकृत ज्याेतिप्रकाश पाण्डेले बताए ।


ADVERTISEMENT


तनहुँ हाइड्रोपावर कम्पनीको ठेकेदार कम्पनी सीएमसीले बीचैमा ठेक्का छोडेर भागेपछि हाइड्रोपावरले ग्यारेन्टी बसेको नेपाल इन्भेष्टमेन्ट बैंकमा दाबी गरेको थियो । कम्पनीको दाबी परेपछि बैंकले उक्त दाबीबापतको रकम भुक्तानी गरेर इटालीको काउन्टर ग्यारेन्टी दिने बैंकमा आवेदन दिएको थियो ।


ADVERTISEMENT

# # #


नेपाली बैंकले इटालीको बैंकलाइ दाबी गरेपछि ठेकेदार कम्पनी सीएमसीले उक्त ठेक्का आफ्नो कारणले नभइ नेपालमा काम गर्ने वातावरण नभएको दाबी गर्दै स्थानीय अदालतमा मुद्दा दायर गरेको थियो भने सीएमसीले दायर गरेको मुद्दामा अदालतको एकल इजसलाले सीएमसीको पक्षमा फैसला गरेको थियो ।

स्थानीय अदालतको फैसलामा बैंकले त्यहीँको अदालतमा पुनरावेदन गरेको थियो। बैंकले दिएको पुनरावेदनको निवेदनमा सुनुवाइ गर्दै तीन न्यायाधीशको संयुक्त इजलासले बैंकको पक्षमा फैसला सुनाएको हो ।

बैंकले ग्यारेन्टीवापतको ८५ करोड १४ लाख १६ हजार १२७ नेपाली रूपैयाँ र ८७ लाख ४९ हजार २३९ युरो गरी २ अर्ब १० करोड नेपाली रूपैयाँ इटालीयन बैंकसमक्ष दाबी गरेको छ । यो जितले बैंकको मात्रै नभएर देशकै पैसा फिर्ता आएको बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए ।