काठमाडौ । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले प्रधानमन्त्री केपी ओलीको नारा “कोही भोकै रहदैन, कोही भोकले मर्दैन” भन्ने भनाईलाई स्तुतीगान भन्दैं व्यङ्ग गरेका छन् । लामो लकडाउनको पीरोलोले एक हप्ताको अवधीमा सप्तरी पथरीका “मलर सदा” को परिवारले चार दिन सम्म खाना नपाउदा मलर सदा खाद्यान्नको खोजीमा जाने वेला खेतमै ढलेर मृत्यूवरण गर्नु परेको भन्दै नेता महरले प्रधानमन्त्रीको उक्त स्लोगनलाई फगत स्तुतीगान भनेका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी ओलीको एउटै स्तुति गान छ “कोही भोकै हरदैन, कोही भोकले मर्दैन”। तर लामो लकडाउनको पीरोलोले एक हप्ताको अवधीमा सप्तरी पथरीका “मलर सदा” को परिवारले चार दिन सम्म खाना न पाउदा मलर सदा खाद्यान्नको खोजीमा जाने वेला खेत मै ढल्नु मात्रै परेन मृत्यू वरण पनि गर्नु पर्यो भने किर्तीपुरमने पाटीमा वसेर नाम्लोको भरमा भारी वोकेर गुजारा चलाउदै आएका “सुर्यबहादुर तामांग “लकडाउनको कारणले काम र माम नपाएर हातमा नाम्लो च्यापेर सडक पेटीमा भोकले छटपटदै देह त्याग गर्न वाध्य भए ।, नेता महरले भने ।
यस्तो बिकराल अवस्थाको कुनै बिश्वेषण न गरि हाम्रा प्रधानमन्त्री टेलीभिजनको पर्दामा लज्जाबोधको समेत ख़्याल नगरि सवै शुखी छन र सरकार उत्कृष्ट काम गरि रहेको कसरी भन्न सकेका होलान रु भन्दैं नेता महरले गम्भीर प्रश्न गरेका छन् ।


ADVERTISEMENT

# # #


आईएलओका अनुसार कोभिड–१९ को प्रकोपले विश्वभर दुई अर्व बढीले रोज़गारी गुमाउने अवस्था छ । नेपाल मैं पनि ६० लाख बढी अनौपचारिक क्षेत्रका मजदुर कामविहीन संकेत देखिएको छ । हाम्रा आंकडामा ५४ लाख बढी नेपाली गरिवीको रेखामुनी छन र यो महाँब्याधीले थप एक प्रतिशत गरिवी थपीने अनुमान गरिएको छ ।, नेता महर थप्छन्, जस बाट केही दिन भित्रै रोग र भोगबाट आउने विपत्तिको सोझै अनुमान गर्न सकिन्छ। तर यस्तो बिकराल अवस्थाको कुनै बिश्वेषण न गरि हाम्रा प्रधानमन्त्री टेलीभिजनको पर्दामा लज्जाबोधको समेत ख़्याल नगरि सवै शुखी छन र सरकार उत्कृष्ट काम गरि रहेको कसरी भन्न सकेका होलान रु समय र जनताले जवाफ खोज्ने नै छन ।