काठमाडौँ – नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ । धनुषाका दुईजना थपिएसँगै नेपालमा संक्रमितको संख्या २८१ पुगेको हो ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । नयाँ संक्रमितहरु धनुषाका २० र ६५ वर्षीय पुरुष रहेका छन् ।


ADVERTISEMENT

# # #


सह–प्रवक्ता डा. अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा आइसकेका छन् भने स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ । नेपालमा संक्रमितको २८१ पुग्दा ३६ जना उपचारपछि निको भएका छन् भने कोरोनाकै कारण पहिलो पटक एक जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोककी २९ वर्षी महिलाको गत बिहीबार निधन भएको हो । उनको कोरोना रिपोर्ट शनिबार साँझ मात्रै आएको थियो ।