काठमाडौँ – नेपालमा पहिलो पटक कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएकी २९ वर्षीय महिला रहेकी छन् ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार गत बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएकी ती महिलाको रिपोर्ट शनिबार पोजेटिभ आएको हो । यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउने पहिलो उनी संक्रमित भएकी छन् ।


ADVERTISEMENT

# # #


उनी वैशाख २३ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । २४ गते उनको ‘नर्मल डेलिभरी’ भएको प्रवक्ता डा. अधिकारीलेले जनाए । उनका अनुसार २५ गते डिस्चार्ज भएकी ती महिला त्यसपछि सिन्धुपाल्चोकस्थित आफ्नो घर गएकी थिइन् ।

घर गइसकेपछि ज्वरो, श्वास प्रश्वासमा समस्या लगायतका शारीरिक समस्या देखिएपछि उनले स्थानीय अस्पतालमा उपचार गराएकी थिइन् । स्थिति थप जटि बन्दै गएपछि उनी काभ्रेको धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको जानकारी प्राप्त भएको सह–प्रवक्ता डा. अधिकारीले जनाए ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २८१ पुगेको छ ।