काठमाडौँ – जीपी फाउण्डेसनले नेपाल फोटो पत्रकार महासंघलाई २ सय थान प्रेस ज्याकेट सहयोग स्वरूप उपलब्ध गराएकोछ ।


ADVERTISEMENT


शनिबार काठमाडौँमा एक अनौपचारिक कार्यक्रमकाबीच फाउण्डेसनकी अध्यक्ष शुजाता कोईरालाले उक्त प्रेस ज्याकेट महासंघलाई हस्तान्तरण गरिन् । फाउन्डेसनले कोरोनाको अत्यधिक जोखिममा रहेका क्षेत्रमा कार्यरत फोटोपत्रकारहरूलाई लक्षित गरी प्रेस ज्याकेट हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त अवसरमा संक्षिप्त रुपमा बोर्दै अध्यक्ष कोईरालाले फोटोपत्रकारहरूले सधै अग्रपंक्तिमा रहेर रिपोर्टिङ गर्नुपर्ने भएकाले फाउण्डेसनले प्रेस ज्याकेट सहयोग गरेको बताइन्।

त्यसैगरि महासंघका अध्यक्ष ध्रुव आलेले कोरोना महामारिका कारण विभिन्न क्षेत्रमा लकडाउन र कर्फ्यु जारी भएकाले हालको अवस्थामा फिल्डमा अग्रपंक्तिमा रहेर रिपोर्टिङ गर्नुपर्ने फोटोपत्रकारलाई प्रेस ज्याकेटले ठूलो सहयोग पुग्ने भन्दै फाउण्डेसनलाई धन्यवाद दिए।