मोरङ – विराटनगरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ परेका छन् । प्रहरीले शनिबार बिहान विराटनगर महानगरपालिका–५ बस्ने २४ वर्षीय विरेन गडेरी पाललाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


प्रहरीका अनुसार पालले ती किशोरीलाई सोही स्थानमा रहेको मकैवारीभित्र लगि जबरजस्ती करणी गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई विराटनगर महानगरपालिका–४ स्थित इक्राही दिहबारबाबा थानको छेऊमा फेला पारी पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।