काठमाडौँ – सरकारले काभ्रे र तेह्रथुममा आन्तरिक विमानस्थल निर्माण गर्ने भएको छ ।


ADVERTISEMENT


संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०७७/७८का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले काभ्रेको उपयुक्त स्थान र ताप्लेजुङको चुहानडाँडामा आन्तरिक विमानस्थल बनाउने कार्य सुरु गरिने बताइन् ।


ADVERTISEMENT

# # #


आगामी आर्थिक वर्षभित्र दुईवटा आन्तरिक विमानस्थलको निर्माण कार्य सम्पन्न गरिने उनले बताइन् । आठवटा विमानस्थलको धावन मार्ग कालोपत्रे गरिएको जानकारी दिँदै उनले थप तीनवटा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने कार्य सुरु गरिने बताइन् ।