काठमाडौँ – कोभिड–१९ बाट सङ्क्रमित भएकामध्ये आज थप एक जना निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या ३६ पुगेको हो । २७ दिनअघि कोरोना भाइरस देखा परेपछि कोशी अस्पतालमा उपचार गराइराखेका उदयपुरका २५ वर्षीय पुरुष आज निको भएर घर गएका हुन् ।


ADVERTISEMENT


त्यसैगरी आजदेखि कोभिड–१९ का बारेमा जानकारी दिन अडियोमार्फत समस्या सङ्कलन गरी सम्बोधन शुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले नागरिकको सहजताका लागि यस किसिमको व्यवस्था शुरु गरेको जानकारी गराए।


ADVERTISEMENT

# # #


सरकारले हालसम्म २३ हजार ९१४ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) विधिबाट कोभिड–१९ को परीक्षण गरेको छ । आरडिटी विधिबाट ६३ हजार ८५ मा नमूना परीक्षण गरेको छ । हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १५ हजार ६८३ रहेको छ । अहिलेसम्म आइसोलेसनमा २६७ रहेका छन् । प्रप्त तथ्याङ्कअनुसार रेडजोनमा पर्नेको सङ्ख्या ३६३ रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

त्यसैगरी स्वमूल्याङ्न फारम भर्नेको सङ्ख्या ३७ हजार १४७ रहेको बताइएको छ । आज थप नौ जनामा परीक्षण पोजेटिभ देखिएको छ । सङ्क्रमित हुनेमा मकवानपुरका ३७ वर्षीय पुरुष र बाँकेका आठ जना १८ देखि ३६ वर्षसम्मका पुरुष रहेका छन् । हालसम्म २५८ सङ्क्रमित रहेका छन् । जसमध्ये २१० पुरुष र ४८ महिला छन् । कोभिड–१९ को परीक्षण दायरा बढाउने उद्देश्यले बिहीबार सरकारले विभिन्न प्रदेशमा हवाई तथा स्थलमार्गबाट १४ हजार ७०० थान ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) कीट पनि पठाएको छ ।