काठमाडौँ – कोभिड–१९ को सङ्क्रमण आज थप तीन जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा नयाँ तीन जनामा सङ्क्रमण देखिएको बताए।


ADVERTISEMENT


संक्रमितहरुमा काठमाडौँ दहचोक निवासी सात वर्षीय बालक, धनुषाको जनकपुर उपमहानगरपालिका निवासी १७ वर्षीया महिला र धादिङ निवासी ३० वर्षीया महिला रहेका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या २४९ पुगेको छ ।


ADVERTISEMENT

# # #


यसअघि आज बिहान दुई जनामा सङ्क्रमण देखिएको थियो । आज मात्र पाँच जना नयाँ सङ्क्रमित भेटिएका हुन । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार दुवै सङ्क्रमित व्यक्तिको अवस्था सामान्य रहेको र तीनै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।