विराटनगर – प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड–१९) परीक्षणलाई तीव्रता दिएको छ । प्रदेशमा बिहीबारसम्म झण्डै १२ हजार कोरोना परीक्षण भएको छ ।


ADVERTISEMENT


जसमा पिसिआर विधिबाट दुई हजार ९ सय १९ जनाको परीक्षण भएको छ । त्यस्तै आरडिटी बिधिबाट ८ हजार ९ सय ३३ जनाको परीक्षण भएको छ । प्रदेश १ मा अहिले ३ ठाउँबाट पिसिआर बिधिबाट कोरोना परीक्षण भइरहेको छ ।


ADVERTISEMENT

# # #


प्रदेश १ मा ३५ जनामा कोरोना पुष्टि भएको छ भने १७ जना उपचारपछि घर फर्किएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।

सरकारले खडा गरेको कोरोना जनसुरक्षा कोषमा बिहीबारसम्म २९ करोड २६ लाख ५० हजार ८ सय ६३ रुपैयाँ जम्मा भएको छ । खर्च निकासा कट्टा गरी जम्मा बाँकी हुन आउने रकम १४ करोड १७ लाख ५० हजार ७ सय १३ रुपैयाँ छ ।