महोत्तरी — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ७ः४५ बजे जारी गरेको विज्ञप्तिमा कोभिड–१९ पुष्टिको विवरण दोहोरिएको पाइएको छ । मन्त्रालयले अघिल्लै दिन संक्रमितकाे सूचीमा परिसकेका धनुषा, महोत्तरी र सर्लाहीका पाँच जनालाई दोहोर्‍याएर सूचीमा समेट्दा विवरण त्रुटिपूर्ण हुन पुगेकाे हाे ।


ADVERTISEMENT


धनुषामा २, महोत्तरीमा २ र सर्लाहीमा १ गरी ५ जनामा कोरोना संक्रमण भएको पुष्टि मन्त्रालयले मंगलबार नै गरिसकेको थियो ।


ADVERTISEMENT

# # #


आज बिहीबार मन्त्रालयले तीनवटै जिल्लाका उही व्यक्तिलाई ठाउँमात्रै खुलाएर ५ जनामा थप संक्रमण देखिएको विज्ञप्ति निकालेको छ ।

जिल्लामा कोरोना संक्रमणको संख्या थपिएको नभई मन्त्रालयको सूचनामा त्रुटि भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।