काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।


ADVERTISEMENT


कोरोनाभाइरसको संक्रमण बढिरहेको र नेपाली भूमि लिपुलेकमा भारतले बाटो बनाएको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् । बैठक बुधबार (आज) अपरान्ह ४ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।


ADVERTISEMENT

# # #


बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरु सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।