काठमाडौँ – नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके र कपिलवस्तुका १–१ गरी २ जनामा कोरोना पोजेटिभ पाइएको हो ।


ADVERTISEMENT


संक्रमित दुबै जना पुरुष रहेको मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए । उनका अनुसार धुलिखेलस्थित धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा बाँकेको नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुष र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला काठमाडौँमा गरिएको परीक्षणमा कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका–५ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


संक्रमित दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा आइसकेको उनले बताए ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्याा २१९ पुगेको छ । जसमध्ये ३३ जना उपचारपछि निको भएका छन् भने बाँकीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मंगलबार मात्रै कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, काठमाडौँ र भक्तपुरका ८३ जनामा कोरोना देखिएको थियो ।