काठमाडौं – कोरोना भाइरस (कोभिड–१९)का कारण ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार नाघेको छ । आज बिहानसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ८ सय ८ पुगेको छ ।


ADVERTISEMENT


सबैभन्दा धेरै अमेरिकामा ८३ हजार ३६८ को ज्यान गएको छ । बेलायतमा ३२ हजार ६९२, इटलीमा ३० हजार ९११, फ्रान्समा २६ हजार ९९१, स्पेनमा २६ हजार ९२० को कोरोनाका कारण ज्यान गइसकेको छ ।


ADVERTISEMENT

# # #


विश्वका २१५ देशमा देशमा फैलिएको कोरोना संक्रमितको संख्या ४३ लाख ३९ हजार ८ सय २४ पुगेको छ । १६ लाख २ हजार ९१ जना निको भइसकेका छन् ।

२४ लाख ४७ जहार ८६५ कोरोना संक्रमित उपचाररत छन् । यसमध्ये ४६ हजार ३४३ को स्वास्थ्य अवस्था गम्भीर रहेको र बाँकीको सामान्य रहेको छ ।