काठमाडौं – नेपालमा फेरि मंगलबार साँझ २६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पर्साका २२, २८, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


यस्तै महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।

यस्तै भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंका ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको सह-प्रवक्ता डा अधिकारीले जानकारी दिए ।

संक्रमण देखिएका सबैको स्वास्थ्य सामान्य रहेको र उनिहरू स्वास्थ्यकर्मीको सम्पर्कमा आइसकेको सह-प्रवक्ता डा. अधिकारीले बताए ।

आजै बिहान ५७ जनामा कोरोना पुष्टि भएको थियो । नेपालमा एकैदिन ८३ जनामा कोरोना देखिएको हो । यो अहिलेसम्मकै उच्च संख्या हो । यसअघि एकैदिन सोमबार २६ जनामा कोरोना देखिएको थियो ।

संक्रमित २१७ मध्ये ३३ जना निको भएका छन् भने बाँकीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।