काठमाडौं । काठमाडौ महानगरपालिका वडा नम्बर ९ को वडा नागरिक समाज र विजयचौकवासीले कोरोना भाइरस नियन्त्रण र रोकथाममा दिनरात खट्ने प्रहरी र स्वास्थयकर्मीलाई अभिनन्दन गरेका छन् ।
कोरोनाको त्रास बढ्दै गएपनि आफ्नो कर्तव्य निर्वाह गरेर दिनरात सक्रिय भएको भन्दै उनीहरुले कामको मूल्यांकन गर्दै अभिनन्दन गरेका हुन् । उनीहरुले यो बेला दुःखका साथ खट्ने सबैको कामको उच्च प्रशंसा गरेका छन् । उनीहरुले गौशाला प्रहरी प्रमुखका साथै अन्य प्रहरी, रेपिड टेष्ट गर्न सहयोग गर्ने रामघाट स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुलाई सधैं काममा लाग्न प्रोत्साहित गर्दै सम्मान गरेका हुन् । भाइरसको त्रासले मानिसहरु समस्यामा पर्दै गएका बेला आफ्नो ज्यानको समेत प्रवाह नगरी कोरोना नियन्त्रण र रोकथामका लागि योगदान गरेकोमा सम्मान गरिएको आयोजकले जनाएको छ ।


ADVERTISEMENT



स्थानीय टहलबहादुर खड्का, भोला पोख्रेल, प्रेम राई, सुशील पोख्रेल, गोविन्द पराजुली, शैलेष पोख्रेल, बिनोद खड्का, कृष्ण पौडेल, बिष्णु घिमिरे, रामजी भण्डारी, किरण भटराई, रविन श्रेष्ठ, तारा सेढाइलगायतले गरेको योगदानको कदर गर्दै वडाले आभार समेत व्यक्त गरेको छ ।


ADVERTISEMENT

# # #