काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको प्रयासमा पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् ।


ADVERTISEMENT


शुक्रबारदेखि सुरु भएको संसदको बजेट अधिवेशनमा विशेष सम्बोधन गर्दै देउवाले विषम् परिस्थितिमा पनि सरकारले नागरिकलाई आफू भएको अनुभूति गराउन नसकेको देउवाले जिकिर गरे । ‘विश्वव्यापी रुपमै मानव जातिका समक्ष कोरोना रोगको ठूलो चुनौति देखा परेको छ । नेपाल पनि यस महामारीको अत्यन्त जोखिममा रहेको छ । सवत्र त्रासको अवस्था छ ।’ उनले भने, ‘यस्तो विषम् परिस्थितिमा सरकारले कोभिड–१९ को नियन्त्रण र निर्मूल गर्न विवेकसम्मत तरिकाले जिम्मेवार भई कार्य गर्नुपर्नेमा सरकार यसमा पूर्णरुपले असफल भएको छ । सरकारले नागरिकलाई आफू भएको अनुभूति गराउन सकेको छैन ।’


ADVERTISEMENT

# # #


महामारीविरुद्ध लड्नका लागि पूर्वतयारी, लकडाउनको बेला राहत, क्वारेन्टाइन, अस्पताल आदिको उचित व्यवस्था, स्वास्थ्य तथा सुरक्षाकर्मी लगायतका अग्रपंक्तिमा काम गरिरहेका व्यक्तिहरुको सुरक्षा, व्यक्तिगत सुरक्षा सामग्री, परीक्षण सामग्रीको व्यवस्था उचित तरिकाले नभएको भन्दै उनले असन्तुष्टि प्रकट गरे ।

पहिलो पटक कोरोना देखिएको महिनौँ बितिसक्दा पनि परीक्षण न्यून गतिमा भइरहेको भन्दै देउवाले परीक्षण सामाग्रीक्षको परीक्षण सामाग्रीको क्षमतामा पमेत प्रश्न उठेको बताए । विदेशमा बिचल्लीमा परेका नागरिकको उद्दारमा कुनै योजना नबनाएको, कोरोनाले पार्न सक्ने प्रभावको अध्ययन गरी त्यसअनुसार तत्कालीन र दीर्घकालीन रणनीति नबनाएको भन्दै देउवाले असन्तुष्टि व्यक्त गरे ।

सुकुम्बासीलाई जाउलो दिनुपर्ने बेला आयोग गठन !

कांग्रेस सभापति देउवाले लकडाउनको मारमा परेर छाक टार्नसमेत अप्ठ्यारो भइरहेकाले जाउलो दिनुपर्ने बेलामा सरकार सुकुम्बासी आयोग गठन गर्नतिर लागेको बताए ।

यस्तो अवस्थामा पनि मेडिकल सामग्री खरिदमा भ्रष्टाचारमा लिप्त हुनु, सरकार लोकतान्त्रिक मूल्य मान्यता र संविधानको विपरित क्रियाकलाप गर्नुु, सांसदको अपहरण गर्ने कार्यमा प्रधानमन्त्रीकै सक्रियता हुने क्रियाकलाप कुनैपनि हालतमा कांग्रेसलाई स्वीकार्य नहुने देउवाले बताए । उनले भने, ‘यी विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिनुका साथै अत्यन्त सूक्ष्म ढंगले विश्लेषण गर्दै सरकारले शासन गर्ने नैतिक र राजीनिक आधार गुमाइसकेको ठहर गरेको छ ।’

आगामी बजेट सरकारले कोरोनालाई केन्द्रमा राखेर ल्याउनु पर्ने आफ्नो स्पष्ट माग रहेको देउवाले बताए ।